प्रदेश सरकारले व्यवसायिक रूपमा कृषि उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरण तथा कृषिउपजको मूल्य अभिवृद्धिका लागि उद्यमी किसानहरूलाई कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराउने कार्यविधि सार्वजनिक गरेको छ। बैंक, वित्तीय संस्था तथा सहकारीमार्फत कृषि कर्जा प्रवाह गरी कृषि व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले यो योजना अघि सारिएको हो। अनुदानको अवधारणा, कर्जा पाउने किसानको छनोट प्रक्रिया, कर्जा प्रवाहमा पालना […]
प्रदेश सरकारले व्यवसायिक रूपमा कृषि उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरण तथा कृषिउपजको मूल्य अभिवृद्धिका लागि उद्यमी किसानहरूलाई कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराउने कार्यविधि सार्वजनिक गरेको छ। बैंक, वित्तीय संस्था तथा सहकारीमार्फत कृषि कर्जा प्रवाह गरी कृषि व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले यो योजना अघि सारिएको हो।
अनुदानको अवधारणा, कर्जा पाउने किसानको छनोट प्रक्रिया, कर्जा प्रवाहमा पालना गर्नुपर्ने नियमहरू, कर्जा स्वीकृति प्रक्रिया, कर्जाको सीमा, अवधि र शर्त, ब्याज अनुदानको दर र अनुदान भुक्तानीको प्रक्रिया लगायतका विषयमा कृषि मन्त्रालयका परामर्शदाता नवीन अधिकारीले जानकारी दिएका थिए।
जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईले देशको समृद्धिको आधार कृषि नै भएकाले किसान र कृषि क्षेत्रको विकासमा संघ, प्रदेश र स्थानीय तह सबैको सक्रियता आवश्यक रहेको बताए। त्यस्तै, सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतले किसानमैत्री यो योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय सरकार प्रतिबद्ध रहने उल्लेख गरे।
Share your thoughts to keep the conversation going.
Be the first to comment.