कृषि विकास बैंकको नाफामा कमी, लाभांश वितरण क्षमता लगभग १० प्रतिशत रहेको छ।

काठमाडौं: कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९५ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा २९.३५ प्रतिशतले कम हो। गत वर्ष यस बैंकले १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो। बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ९ करोड रुपैयाँबाट घटेर ८५ करोड […]

काठमाडौं: कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९५ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा २९.३५ प्रतिशतले कम हो। गत वर्ष यस बैंकले १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ९ करोड रुपैयाँबाट घटेर ८५ करोड ७५ लाख रुपैयाँमा झरेको छ। यद्यपि, खुद ब्याज आम्दानी घटेर ४ अर्ब ४८ करोड रुपैयाँबाट ३ अर्ब ४८ करोड रुपैयाँमा पुगेको छ, जसका कारण नाफामा दबाव परेको हो।

बैंकको चुक्ता पुँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ रहेको छ र जगेडा कोषमा १५ अर्ब २४ करोड रुपैयाँ सञ्चित छ। वितरणयोग्य नाफा १ अर्ब २२ करोड ९८ लाख रुपैयाँ रहेको छ, जसबाट बैंकले सेयरधनीलाई ९.७२ प्रतिशत लाभांश दिन सक्छ। प्रतिसेयर आम्दानी ११.४७ रुपैयाँ रहेको छ, र बैंकको एनपीएल ४.९० प्रतिशत पुगेको छ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In