के पुँजी बजारको ज्ञान भएको सक्षम नेतृत्व नेप्सेलाई आवश्यक छ

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीको कार्यकाल यही माघ २५ गते शुक्रबार सम्पन्न हुँदैछ। उनले तीन वर्षे कार्यकाल पूरा गरेसँगै नेप्सेबाट विदा लिँदैछन्। यसै सन्दर्भमा, नेप्से कर्मचारी संघले पुँजी बजारसम्बन्धी ज्ञान भएको तथा नेप्सेको पुनर्संरचना गर्न र गराउन सक्षम नेतृत्व आवश्यक रहेको बताउँदै सरकारसमक्ष सोही किसिमको व्यक्ति छनोट गर्न माग गरेको […]

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीको कार्यकाल यही माघ २५ गते शुक्रबार सम्पन्न हुँदैछ। उनले तीन वर्षे कार्यकाल पूरा गरेसँगै नेप्सेबाट विदा लिँदैछन्। यसै सन्दर्भमा, नेप्से कर्मचारी संघले पुँजी बजारसम्बन्धी ज्ञान भएको तथा नेप्सेको पुनर्संरचना गर्न र गराउन सक्षम नेतृत्व आवश्यक रहेको बताउँदै सरकारसमक्ष सोही किसिमको व्यक्ति छनोट गर्न माग गरेको छ।

मंगलबार जारी गरेको विज्ञप्तिमा नेप्से कर्मचारी संघले समग्र पुँजी बजारको वृद्धि तथा लगानीकर्ताको हित सुनिश्चित गर्नका लागि पुँजी बजारसम्बन्धी विशेषज्ञता भएका योग्य व्यक्तिलाई नेप्सेको प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त गर्न अर्थ मन्त्रालयलाई अनुरोध गरेको छ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) हाल आफ्नै पुनर्संरचना, साना तथा मझौला कम्पनीहरूको सेयर कारोबारलाई व्यवस्थित गर्ने, नयाँ वित्तीय उपकरणहरू ल्याउने तथा प्रविधिको स्तरोन्नति गर्ने जस्ता चुनौतीपूर्ण अवस्थाबाट अघि बढिरहेको छ। संघले विज्ञप्तिमा भनेको छ, ‘समग्र पुँजी बजारको विकास तथा लगानीकर्ताको हितका लागि प्रभावकारी काम गर्न सक्षम नेतृत्वको खाँचो रहेको हामी अनुभूति गर्छौं।’

यही माघ २५ गतेपछि नेपाल सरकारको अर्थ मन्त्रालयद्वारा नियुक्त गरिने नेप्सेको नयाँ प्रमुख कार्यकारी अधिकृत पुँजी बजारसम्बन्धी ज्ञान र सीप भएका, व्यवसायिक रूपमा दक्ष, नैतिकवान तथा पुँजी बजारको उन्नति, लगानीकर्ताको हित संरक्षण र नेप्सेको पुनर्संरचना गर्न सक्ने क्षमतावान व्यक्ति हुनुपर्ने नेप्से कर्मचारी संघले जोड दिएको छ।

सेयर बजारका लगानीकर्ता तथा सरोकारवालाहरूले कार्कीले आफ्नो कार्यकालभरि नेप्से तथा पुँजी बजार सुधारका लागि कुनै महत्त्वपूर्ण कार्य नगरेको गुनासो गर्दै आएका छन्। सीईओ नियुक्त हुने बेलामा उनले नेप्सेको पुनर्संरचना, डेरिभेटिभ प्रडक्टको सुरुवात र नेप्सेलाई अन्तर्राष्ट्रिय स्तरको एक्सचेञ्ज बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। तर, कार्यकालभरि उनले कुनै नवीन कार्य नगरेको कर्मचारीहरूको आरोप छ। कार्की बिदा हुनु अगावै कर्मचारीहरूले योग्य तथा दक्ष नेतृत्वको आवश्यकता रहेको भन्दै सरकारलाई नयाँ सक्षम व्यक्ति छनोट गर्न अनुरोध गरेका छन्।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In