खुद ब्याज आम्दानी घट्दा पनि एनआइसी एशिया लघुवित्तको नाफा यस कारण बढ्न सक्यो

काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एनआइसी एशिया लघुवित्तको खुद नाफा उल्लेखनीय रूपमा बढेको छ। यस अवधिमा नाफा २८१.०१ प्रतिशतले वृद्धि भएर ४२ लाख १४ हजार रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा संस्थाले ११ लाख ६ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो। तर, संस्थाको खुद ब्याज आम्दानी भने १६.१८ प्रतिशतले घटेर […]

काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एनआइसी एशिया लघुवित्तको खुद नाफा उल्लेखनीय रूपमा बढेको छ। यस अवधिमा नाफा २८१.०१ प्रतिशतले वृद्धि भएर ४२ लाख १४ हजार रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा संस्थाले ११ लाख ६ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो।

तर, संस्थाको खुद ब्याज आम्दानी भने १६.१८ प्रतिशतले घटेर ३३ करोड ४७ लाख १० हजार रुपैयाँमा सीमित भएको छ। ब्याज आम्दानीमा गिरावट आए पनि इम्पेयरमेन्ट चार्ज रिभर्सलका कारण नाफा बढ्न सफल भएको हो। यस अवधिमा ५ करोड ८९ लाख ३९ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्सल भएको छ।

हाल, संस्थाको खराब कर्जा अनुपात १३.३७ प्रतिशत छ भने चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी ४८ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा कायम भएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In