खराब कर्जा ३३.४४ प्रतिशत पुगेपछि पोखरा फाइनान्स ६३ करोड ७९ लाख घाटामा पुगेको छ।

पोखरा फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। यो अवधिसम्म कम्पनीले ६३ करोड ७९ लाख रुपैयाँ घाटा व्यहोरेको छ, जबकि अघिल्लो वर्ष सोही समयसम्म २ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको खुद ब्याज आम्दानी १७.८३ प्रतिशतले घटेर १४ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यो १७ […]

पोखरा फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। यो अवधिसम्म कम्पनीले ६३ करोड ७९ लाख रुपैयाँ घाटा व्यहोरेको छ, जबकि अघिल्लो वर्ष सोही समयसम्म २ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको खुद ब्याज आम्दानी १७.८३ प्रतिशतले घटेर १४ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यो १७ करोड ४१ लाख रुपैयाँ थियो। यस त्रैमासमा कम्पनी ९५ करोड ७९ लाख रुपैयाँ सञ्चालन घाटामा छ, जबकि अघिल्लो वर्ष ४ करोड ३९ लाख रुपैयाँ सञ्चालन नाफामा थियो।

इम्पेयरमेन्ट चार्जमा ठूलो वृद्धि देखिएको छ। अघिल्लो वर्ष ३ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यस पटक १ अर्ब ५२ लाख रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी घट्नु, सञ्चालन घाटा बढ्नु र इम्पेयरमेन्ट चार्जमा वृद्धिका कारण कम्पनी ठूलो घाटामा पुगेको हो।

कम्पनीको वितरणयोग्य नाफा १ अर्ब ५५ करोड रुपैयाँ ऋणात्मक छ। पोखरा फाइनान्सको खराब कर्जा अघिल्लो वर्षको ४.७६ प्रतिशतबाट बढेर यो त्रैमासमा ३३.४४ प्रतिशत पुगेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक रूपमा ऋणात्मक ५८ रुपैयाँ ९३ पैसा पुगेको छ, जबकी गत वर्ष यो ५ रुपैयाँ ३७ पैसा थियो। प्रतिसेयर नेटवर्थ ५३ रुपैयाँ ९७ पैसामा झरेको छ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In