काठमाडौं: चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म पुग्दा घलेम्दी जलविद्युत्ले ३९ लाख ३६ हजार रुपैयाँ शुद्ध लाभ आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिमा भने कम्पनी ४ करोड ९९ लाख रुपैयाँ क्षतिमा थियो। यसको विद्युत् बिक्रीबाट प्राप्त आम्दानी बढेसँगै शुद्ध नाफा पनि वृद्धि भएको हो। एक वर्षमा विद्युत् बिक्रीबाटको आम्दानी ३५.८५ प्रतिशतले वृद्धि भएर ६ करोड […]
काठमाडौं: चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म पुग्दा घलेम्दी जलविद्युत्ले ३९ लाख ३६ हजार रुपैयाँ शुद्ध लाभ आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिमा भने कम्पनी ४ करोड ९९ लाख रुपैयाँ क्षतिमा थियो। यसको विद्युत् बिक्रीबाट प्राप्त आम्दानी बढेसँगै शुद्ध नाफा पनि वृद्धि भएको हो।
एक वर्षमा विद्युत् बिक्रीबाटको आम्दानी ३५.८५ प्रतिशतले वृद्धि भएर ६ करोड ७४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही आम्दानी ४ करोड ९६ लाख रुपैयाँ थियो। साथै, कम्पनीको वित्तीय खर्चमा पनि गिरावट आएको छ, जसले शुद्ध नाफा बढ्न मद्दत पुर्याएको हो।
अघिल्लो वर्ष ५ करोड ६१ लाख रुपैयाँ रहेको वित्तीय खर्च यस वर्ष घटेर ४ करोड २ लाख रुपैयाँमा सीमित भएको छ। पुस मसान्तसम्म कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी १० पैसा ऋणात्मक रहँदा, प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ २० पैसा रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.