काठमाडौं : सिन्धु विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा बैंकले ५ करोड ४० लाख रुपैयाँ घाटा बेहोरेको थियो। यस अवधिमा बैंकले इम्पेयरमेन्ट चार्ज रिभर्स गरेपछि नाफा देखिएको हो। पछिल्लो त्रैमासमा बैंकले ११ करोड २० लाख रुपैयाँ सञ्चालन नाफा कमाएको […]
काठमाडौं : सिन्धु विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा बैंकले ५ करोड ४० लाख रुपैयाँ घाटा बेहोरेको थियो। यस अवधिमा बैंकले इम्पेयरमेन्ट चार्ज रिभर्स गरेपछि नाफा देखिएको हो।
पछिल्लो त्रैमासमा बैंकले ११ करोड २० लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ, जुन गत वर्षको ५ करोड ५१ लाख रुपैयाँको सञ्चालन घाटासँग तुलना गर्दा उल्लेखनीय प्रगति हो। यही कारणले बैंक नाफामा गएको बताइएको छ।
तर, बैंकको खुद ब्याज आम्दानी भने ३४.७४ प्रतिशतले घटेर ९ करोड ३४ लाख रुपैयाँमा झरेको छ। हाल बैंकको चुक्ता पुँजी ५५ करोड ७४ लाख ५६ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ करोड १७ लाख रुपैयाँ जम्मा छ।
यता, बैंकको वितरणयोग्य नाफा अझै पनि २४ करोड ३८ लाख रुपैयाँ ऋणात्मक रहेको छ। तर प्रतिसेयर आम्दानी (EPS) भने उल्लेख्य सुधार भएर वार्षिक रूपमा १८.७६ रुपैयाँ पुगेको छ, जुन गत वर्ष १२.९३ पैसा ऋणात्मक थियो।
बैंकको प्रतिसेयर नेटवर्थ ७९.८९ रुपैयाँ रहेको छ भने हाल एनपीएल (नन–परफर्मिङ लोन) अनुपात ८.६४ प्रतिशतमा कायम छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.