गभर्नर नियुक्तिको मुखैमा अर्थ मन्त्रालयले संशोधन गर्यो नियुक्तिसम्बन्धी मापदण्ड

काठमाडौं: नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको तयारी भइरहेका बेला सरकारले योग्यता सम्बन्धी मापदण्डमा फेरबदल गरेको छ। ‘अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३’ मा दोस्रो संशोधन गर्दै अर्थ मन्त्रालय मातहतका निकायमा नियुक्तिका लागि आवश्यक उमेर सीमा हटाइएको छ। यसअघि, मन्त्रालय अन्तर्गतका नियुक्तिहरूका लागि न्यूनतम ३० वर्ष र अधिकतम […]

काठमाडौं: नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको तयारी भइरहेका बेला सरकारले योग्यता सम्बन्धी मापदण्डमा फेरबदल गरेको छ। ‘अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३’ मा दोस्रो संशोधन गर्दै अर्थ मन्त्रालय मातहतका निकायमा नियुक्तिका लागि आवश्यक उमेर सीमा हटाइएको छ।

यसअघि, मन्त्रालय अन्तर्गतका नियुक्तिहरूका लागि न्यूनतम ३० वर्ष र अधिकतम ६५ वर्षको उमेर सीमा निर्धारण गरिएको थियो। साथै, कार्यकारी प्रमुखका लागि ३० वर्ष तथा अन्य पदाधिकारी वा सदस्यका लागि ३५ वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने नियम लागू थियो। नयाँ संशोधनपछि उक्त उमेर सीमा हटाइएको छ।

यो संशोधन नेपाल राष्ट्र बैंकसहित अर्थ मन्त्रालय मातहतका १५ वटा निकायमा लागू हुनेछ। नेपाल राष्ट्र बैंक पनि अर्थ सम्बद्ध सार्वजनिक निकायमा पर्ने भएकाले यस परिवर्तनलाई विशेष चासोका साथ हेरिएको छ।

हालका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यही चैतमा समाप्त हुँदैछ। सरकार नयाँ गभर्नर नियुक्त गर्न सिफारिस समिति गठन गरिसकेको छ। गभर्नर नियुक्तिको तयारीकै क्रममा मापदण्ड संशोधन हुनु अर्थपूर्ण रूपमा हेरिएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In