काठमाडौं: गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले १०० प्रतिशत (१:१ अनुपातमा) हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको चैत १८ गते सोमबार बसेको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। यस प्रस्तावलाई अनुमोदन गर्न कम्पनीले वैशाख ५ गते विशेष साधारण सभा आह्वान गरेको छ। सभाका लागि चैत २८ गते बुक क्लोज गर्ने जानकारी दिइएको […]
काठमाडौं: गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले १०० प्रतिशत (१:१ अनुपातमा) हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको चैत १८ गते सोमबार बसेको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। यस प्रस्तावलाई अनुमोदन गर्न कम्पनीले वैशाख ५ गते विशेष साधारण सभा आह्वान गरेको छ।
सभाका लागि चैत २८ गते बुक क्लोज गर्ने जानकारी दिइएको छ। त्यसैले, चैत २७ गतेसम्म कायम रहने सेयरधनीहरू मात्र विशेष सभामा सहभागी हुन सक्नेछन्। हकप्रद सेयर निष्कासनका लागि विशेष सभाबाट प्रस्ताव पारित भई नियामक निकायहरूको स्वीकृति आवश्यक हुनेछ।
हालै मात्र गार्डियन माइक्रो लाइफले आइपीओ निष्कासन गरी चुक्ता पुँजी ७५ करोड रुपैयाँ पुर्याएको छ। प्रस्तावित हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.