काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले चैत ११ गते वार्षिक साधारण सभा गर्ने भएको छ। सभा बिहान ११ बजे विराटनगरस्थित होटेल एयरपोर्टमा हुनेछ। सभामा वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह लगायतका विषयमा छलफल हुनेछ। साथै, अन्य उपयुक्त इन्सुरेन्स कम्पनीसँग मर्जर वा एक्विजिशन प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गरिनेछ। सभाले दुई […]
काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले चैत ११ गते वार्षिक साधारण सभा गर्ने भएको छ। सभा बिहान ११ बजे विराटनगरस्थित होटेल एयरपोर्टमा हुनेछ।
सभामा वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह लगायतका विषयमा छलफल हुनेछ। साथै, अन्य उपयुक्त इन्सुरेन्स कम्पनीसँग मर्जर वा एक्विजिशन प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गरिनेछ। सभाले दुई जना सञ्चालक नियुक्त गर्नेछ भने लेखापरीक्षक चयनलगायतका प्रस्तावहरू पनि छलफल गरिनेछ।
कम्पनीले यस पटक कुनै लाभांश प्रस्ताव गरेको छैन। सभाका लागि फागुन २६ गते बुक क्लोज गरिने भएकाले फागुन २५ गतेसम्म कायम सेयरधनीहरू मात्र सहभागी हुन सक्नेछन्।
हालसालै आइपीओ बिक्री गरेको गार्डियन माइक्रो लाइफ इन्सुरेन्स दोस्रो बजारमा समेत कारोबार भइरहेको छ। बिहीबार यसको अन्तिम बजार मूल्य १,०३८.४० रुपैयाँ रहेको थियो, र कारोबार सुरु भएदेखि नै सकारात्मक सर्किट लागिरहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.