ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं : ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर रहेको छ। बैंकले आफ्नो बार्षिक साधारण सभा (एजीएम) तथा लाभांश वितरण प्रयोजनार्थ भोली चैत १५ गते एक दिनका लागि बुक क्लोज गर्ने घोषणा गरेको छ। आजसम्म कायम शेयरधनीहरू मात्र साधारण सभामा सहभागी हुन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन्। बैंकले […]

काठमाडौं : ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर रहेको छ। बैंकले आफ्नो बार्षिक साधारण सभा (एजीएम) तथा लाभांश वितरण प्रयोजनार्थ भोली चैत १५ गते एक दिनका लागि बुक क्लोज गर्ने घोषणा गरेको छ।

आजसम्म कायम शेयरधनीहरू मात्र साधारण सभामा सहभागी हुन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन्। बैंकले हाल कायम चुक्ता पुँजीको ५.७५ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साथै, बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको १ बराबर १.१०७१ प्रतिशतको दरले हकप्रद शेयर जारी गर्ने योजना पनि बैंकले ल्याएको छ।

बैंकले १२औं वार्षिक साधारण सभा चैत २७ गते बिहान ११:०० बजे होटल पिस प्यालेस, हरि शंकर रोड, बाग्लुङ्ग नगरपालिका-२ मा आयोजना गर्ने तय गरेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In