ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य नेप्सेमा समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन गरेको छ। वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरेको हो। समायोजनका क्रममा नेप्सेले बैंकको ५.७५ प्रतिशत बोनस शेयर समायोजन गरेको छ। समायोजनपछि बैंकको शेयरमूल्य प्रति कित्ता १,३४७ रुपैयाँ ४५ पैसा कायम गरिएको छ। यो समायोजन अघिल्लो कारोबार […]

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन गरेको छ। वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरेको हो।

समायोजनका क्रममा नेप्सेले बैंकको ५.७५ प्रतिशत बोनस शेयर समायोजन गरेको छ। समायोजनपछि बैंकको शेयरमूल्य प्रति कित्ता १,३४७ रुपैयाँ ४५ पैसा कायम गरिएको छ। यो समायोजन अघिल्लो कारोबार दिन बिहीबारको अन्तिम मूल्य १,४२४ रुपैयाँ ९३ पैसाका आधारमा गरिएको हो।

ग्रीन डेभलपमेन्ट बैंकले चैत २७ गते बिहान ११ बजे बाग्लुङ्ग नगरपालिका-२, हरि शंकर रोडस्थित होटल पिस प्यालेसमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभामा हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस शेयर, सोको कर प्रयोजनार्थ ०.३०२७ प्रतिशत नगद लाभांश वितरण तथा बोनस शेयर वितरणपछि कायम चुक्ता पूँजीको १ बराबर १.१०७१ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

त्यसैगरी, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन, उपयुक्त बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर वा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन तथा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गरिनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In