गरिमा क्यापिटलको दोस्रो म्युचुअल फण्ड ‘गरिमा सुवर्ण योजना’ आउँदै

गरिमा क्यापिटल लिमिटेड ले आफ्नो दोस्रो म्युचुअल फण्ड योजना ‘गरिमा सुवर्ण योजना’ निष्काशन गर्ने भएको छ। गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजनाको आकार १ अर्ब रुपैयाँ रहेको छ। क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई निष्काशन गर्नेछ। निष्काशन गरिने कुल इकाईमध्ये ९० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंक लाई […]

गरिमा क्यापिटल लिमिटेड ले आफ्नो दोस्रो म्युचुअल फण्ड योजना ‘गरिमा सुवर्ण योजना’ निष्काशन गर्ने भएको छ। गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजनाको आकार १ अर्ब रुपैयाँ रहेको छ।

क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई निष्काशन गर्नेछ। निष्काशन गरिने कुल इकाईमध्ये ९० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंक लाई र ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ। बाँकी ३५ करोड रुपैयाँ बराबरको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ३ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिनेछ।

यो खुलामुखी (ओपन–एन्डेड) योजना भएकाले बाँकी इकाईहरू सामूहिक लगानी कोष नियमावली अनुसार योजना व्यवस्थापकले तोकेको वितरणमार्फत निरन्तर खरिद–बिक्रीका लागि खुला गरिने कम्पनीले जनाएको छ।

उक्त योजनाको इकाई खरिदका लागि फागुन २८ गतेदेखि आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति चैत २ गते तोकिएको छ भने सो अवधिमा पर्याप्त आवेदन नपरेमा चैत १२ गतेसम्म म्याद थप गरिने व्यवस्था गरिएको छ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक पनि गरिमा क्यापिटल लिमिटेड नै रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड द्वारा सञ्चालित मेरो शेयर वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In