गरिमा विकास बैंक लिमिटेड (GBBL) को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोली, कात्तिक १८ गते एक दिनका लागि बुकक्लोज गर्नेछ।यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले बैंकको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकले कात्तिक २७ गते, बिहीबार, होटल पोखरा ग्राण्ड, […]
गरिमा विकास बैंक लिमिटेड (GBBL) को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोली, कात्तिक १८ गते एक दिनका लागि बुकक्लोज गर्नेछ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले बैंकको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकले कात्तिक २७ गते, बिहीबार, होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा बिहान ११ बजे उन्नाइसौँ वार्षिक साधारण सभा बोलाएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको ६% बोनस शेयर र ४.५३% नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यसका साथै, सभाले रजिष्टर्ड कार्यालय स्थानान्तरण, छाप तथा लोगो परिवर्तन, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिशनको सम्भावना अध्ययन, तथा प्रबन्धपत्र/नियमावली संशोधन लगायतका प्रस्तावहरूमा निर्णय गर्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.