काठमाडौं : गरिमा विकास बैंकले आफ्ना संस्थापक सेयरधनीहरूको नाममा रहेको २ लाख ६६ हजार ४४.५२ कित्ता संस्थापक सेयर बिक्रीका लागि उपलब्ध गराएको छ। यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्। सेयर खरिदमा इच्छुक व्यक्तिहरूले आज (माघ २२ गते) देखि ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, लाजिम्पाट, काठमाडौंमा आफूले कति सेयर खरिद गर्ने जानकारी सहित […]
काठमाडौं : गरिमा विकास बैंकले आफ्ना संस्थापक सेयरधनीहरूको नाममा रहेको २ लाख ६६ हजार ४४.५२ कित्ता संस्थापक सेयर बिक्रीका लागि उपलब्ध गराएको छ। यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्।
सेयर खरिदमा इच्छुक व्यक्तिहरूले आज (माघ २२ गते) देखि ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, लाजिम्पाट, काठमाडौंमा आफूले कति सेयर खरिद गर्ने जानकारी सहित आवेदन दिनु पर्नेछ।
सो अवधिमा संस्थापकहरूबाट कुनै आवेदन प्राप्त नभएमा बाँकी सेयर अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री गरिने बैंकले जानकारी दिएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.