ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले पुस मसान्तसम्म ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५१ प्रतिशतले वृद्धि हो। गत वर्ष यसै अवधिमा बैंकले २ अर्ब ४ करोड २३ लाख […]
ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले पुस मसान्तसम्म ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५१ प्रतिशतले वृद्धि हो। गत वर्ष यसै अवधिमा बैंकले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो।
प्रमुख सूचकहरूमा सुधार
बैंकको नाफा वृद्धि मुख्यतः इम्पेरमेन्ट चार्ज घट्नु का कारण हो। हाल इम्पेरमेन्ट चार्ज ४ अर्ब १३ करोड ६० लाख रुपैयाँबाट घटेर २ अर्ब २० करोड ३७ लाख रुपैयाँ पुगेको छ। यसले बैंकको सञ्चालन मुनाफा ४७.८८ प्रतिशतले बढ्न मद्दत पुर्याएको छ।
तर, समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.०९ प्रतिशतले घटेको छ, भने खुद फि तथा कमिशन आम्दानी १७.३४ प्रतिशतले वृद्धि भएको छ।
वित्तीय स्थिति
बैंकको पुस मसान्तसम्मको मुख्य वित्तीय विवरणः
चुक्ता पूँजी र कोष
बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको छ। जगेडा कोष भने २६ अर्ब ५२ करोड २७ लाख रुपैयाँ छ।
निक्षेप र कर्जा
समीक्षा अवधिसम्म बैंकले ५ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
ग्लोबल आइएमई बैंकले आफ्नो वित्तीय सूचकांकमा सुधार गर्दै नाफा र प्रतिफल दुवैमा सकारात्मक वृद्धि गर्न सफल भएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.