ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्स बीच बैंकमा ‘बजेट ३६०’ सफ्टवेयरको प्रयोगसँग सम्बन्धित सम्झौतापत्र सम्पन्न भएको छ।

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडद्वारा विकास गरिएको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने निर्णय गरेको छ। ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्स प्रा.लि. का स्ट्राटेजी एण्ड इनोभेसन निर्देशक उमेश रघुबंशीले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। उक्त सफ्टवेयरले बैंकको बजेट र योजनाको प्रभावकारिता बढाएर स्रोत […]

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडद्वारा विकास गरिएको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने निर्णय गरेको छ। ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्स प्रा.लि. का स्ट्राटेजी एण्ड इनोभेसन निर्देशक उमेश रघुबंशीले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। उक्त सफ्टवेयरले बैंकको बजेट र योजनाको प्रभावकारिता बढाएर स्रोत परिचालनमा मद्दत गर्ने अपेक्षा गरिएको छ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकिङ इकोसिस्टममा ‘बजेट ३६०’ को प्रयोगले बैंकको बजेट र योजना क्षमता वृद्धि गर्ने, स्रोतहरूको उपयुक्त व्यवस्थापन सुनिश्चित गर्ने, वित्तीय लक्ष्यहरू पुरा गर्ने र प्रभावकारी निर्णयहरू लिन मद्दत गर्ने विश्वास व्यक्त गरे। यसले समग्र बैंकको दिगो विकासमा योगदान पुर्याउने पनि उनले बताए।

इन्फोडेभलपर्स प्रा.लि. का स्ट्राटेजी एण्ड इनोभेसन निर्देशक उमेश रघुबंशीले ग्लोबल आइएमई बैंकसँग सम्झौतासँगै ‘बजेट ३६०’ कार्यान्वयन गर्न पाउँदा उत्साहित भएको बताएका छन्। उनले भने, यस सफ्टवेयरले बैंकको वित्तीय योजनालाई सरल बनाउने र डेटा आधारित निर्णयमा सहयोग गर्नेछ।

‘बजेट ३६०’ भनेको स्वचालित वित्तीय व्यवस्थापन गर्ने एक आधुनिक प्रणाली हो। इन्फोडेभलपर्सले विकास गरेको यो सफ्टवेयरमा स्वचालित लक्ष्य निर्धारण, रियल–टाइम रिपोर्टिङ, निरन्तर ट्र्याकिङ जस्ता विशेषताहरू समावेश गरिएको छ। यो सफ्टवेयर बैंकको आवश्यकता अनुसार अनुकूलन गर्न सकिन्छ। साथै, यो प्रणाली कुनै पनि कोर बैंकिङ सिस्टम (सीबीएस) सँग सहज रूपमा इन्टेग्रेट गर्न सकिने बनाइएको छ।

ग्लोबल आइएमई बैंकले ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ र युरो मनी ‘अर्वाड फर एक्सलेन्स २०२४’ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकको सम्मान प्राप्त गरेको छ। साथै, बैंकलाई विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ-संस्थाहरूबाट फरकफरक विधामा पुरस्कार प्राप्त भएको छ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकसँग ३५५ शाखा कार्यालय, ३७९ एटीएम, २३७ शाखा रहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, र ३ वटा विदेशी प्रतिनिधि कार्यालय गरी १,१०० भन्दा बढी सेवा केन्द्र छन् जसबाट ग्राहकलाई उच्च स्तरको सेवा प्रदान गर्दै आएको छ।

बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवासँगै विभिन्न राष्ट्रहरूबाट रेमिटेन्स सेवा पनि उपलब्ध गराउँदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, ब्रिटेन, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशहरूबाट रेमिटेन्स सेवा प्रदान गर्दै आएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In