घुन्सा खोला जलविद्युत् आयोजनामा १२ अर्ब ७० करोड रुपैयाँको लगानी जुट्दै, बैंक तथा वित्तीय संस्थाहरूले लगानी गर्नेछन्।

काठमाडौं: वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जलविद्युत् आयोजनाको सेयरधनी बनाउने लक्ष्यसहित विकास गरिएको ७७.५ मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ। यस आयोजनाको निर्माण रेमिट हाइड्रो लिमिटेडले गर्ने भएको छ। आइतबार आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको रेमिट हाइड्रोले जानकारी दिएको छ। आयोजनामा लक्ष्मी सनराइज बैंकले ५ अर्ब, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट […]

काठमाडौं: वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जलविद्युत् आयोजनाको सेयरधनी बनाउने लक्ष्यसहित विकास गरिएको ७७.५ मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ। यस आयोजनाको निर्माण रेमिट हाइड्रो लिमिटेडले गर्ने भएको छ।

आइतबार आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको रेमिट हाइड्रोले जानकारी दिएको छ। आयोजनामा लक्ष्मी सनराइज बैंकले ५ अर्ब, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनीले ३ अर्ब, नागरिक लगानी कोषले २ अर्ब, माछापुच्छ्रे बैंकले १ अर्ब ४५ करोड, र एभरेस्ट बैंकले १ अर्ब २५ करोड गरी कुल १२ अर्ब ७० करोड लगानी गर्ने सहमति भएको छ।

ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका-५ र ६ मा रहेको घुन्सा खोलाको पानी प्रयोग गरेर आयोजना निर्माण हुनेछ। आयोजनाको अनुमानित लागत, निर्माण अवधिभरको ब्याजसहित, १८ अर्ब १३ करोड छ। यसका लागि वित्तीय व्यवस्थापन स्वपुँजी र ऋण लगानीमार्फत गरिनेछ।

स्वपुँजी लगानीमा नेपाल विद्युत् प्राधिकरणको २१ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको १५ प्रतिशत, र विद्युत् उत्पादन कम्पनी लिमिटेडको १५ प्रतिशत गरी कुल ५१ प्रतिशत हिस्सा रहनेछ।

कम्पनीमा ४९ प्रतिशत लगानी सर्वसाधारणका लागि छुट्याइएको छ। यसमध्ये, २९ प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि, १० प्रतिशत आयोजनाबाट प्रभावित स्थानीयवासीका लागि, र बाँकी १० प्रतिशत सर्वसाधारणका लागि सुरक्षित गरिएको छ।

आयोजना निर्माण चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाको विद्युत्गृह तथा आवास गृहसम्मको पहुँचमार्ग र तमोर नदीका दुई स्थानमा बेली ब्रिज निर्माणको काम पूरा भइसकेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In