घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड (GCIL) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारित गर्न पुस १४ गते साधारण सभा बोलाएको छ। सभा दाङको घोराही उपमहानगरपालिका–१५, भरतपुरस्थित होटल पौवामा बिहान ९ बजे सुरु हुने कम्पनीले जनाएको छ। सभाले हालको चुक्ता पूँजीमा १०% बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। […]
घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड (GCIL) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारित गर्न पुस १४ गते साधारण सभा बोलाएको छ। सभा दाङको घोराही उपमहानगरपालिका–१५, भरतपुरस्थित होटल पौवामा बिहान ९ बजे सुरु हुने कम्पनीले जनाएको छ।
सभाले हालको चुक्ता पूँजीमा १०% बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। साथै, कम्पनीको प्रबन्धपत्र–नियमावली संशोधन, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिइएका ऋण रकम अनुमोदन, संस्थापक तर्फका सञ्चालकहरूको निर्वाचन तथा आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने जस्ता प्रस्तावहरू पनि पारित गरिनेछ।
लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर २६ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, मंसिर २५ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरूले सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.