नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेड (GCIL) को शेयरमूल्य समायोजन गरेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेको दिनपछिल्लो कारोबारका आधारमा नेप्सेले १० प्रतिशत बोनस शेयर समायोजन गर्दै नयाँ मूल्य निर्धारण गरेको हो। समायोजनपछि कम्पनीको शेयरमूल्य ४१४ रुपैयाँ ६४ पैसा कायम भएको छ। बिहीबारको अन्तिम कारोबार मूल्य प्रतिशेयर ४५६ […]
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेड (GCIL) को शेयरमूल्य समायोजन गरेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेको दिनपछिल्लो कारोबारका आधारमा नेप्सेले १० प्रतिशत बोनस शेयर समायोजन गर्दै नयाँ मूल्य निर्धारण गरेको हो।
समायोजनपछि कम्पनीको शेयरमूल्य ४१४ रुपैयाँ ६४ पैसा कायम भएको छ। बिहीबारको अन्तिम कारोबार मूल्य प्रतिशेयर ४५६ रुपैयाँ १० पैसालाई आधार मानेर नेप्सेले मूल्य समायोजन गरेको हो। अब नेप्सेले तोकेको यही समायोजित मूल्यलाई आधार मानेर आइतबारबाट दोस्रो बजारमा कारोबार खुल्नेछ।
घोराही सिमेन्टले पुस १४ गते, सोमबार, दाङको घोराही–१५ स्थित होटल पौवामा बिहान ९ बजे पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएका ऋण रकम अनुमोदन, संस्थापक समूह तर्फबाट सञ्चालक निर्वाचन, र लेखापरीक्षक नियुक्तिसहितका अन्य एजेन्डा पनि सभामा प्रस्तुत गरिनेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.