काठमाडौं: ङादी ग्रुप पावरले लिलामीमार्फत बिक्री गरेको सेयरको बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामीमा राखेको थियो, जसको बाँडफाँट चैत ४ गते गरिएको हो। लिलामी सेयरको लागि न्यूनतम २६६ रुपैयाँ २० पैसा (कट अफ प्राइस) कबोल गर्ने आवेदकहरूले सेयर पाएका छन्। […]
काठमाडौं: ङादी ग्रुप पावरले लिलामीमार्फत बिक्री गरेको सेयरको बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामीमा राखेको थियो, जसको बाँडफाँट चैत ४ गते गरिएको हो।
लिलामी सेयरको लागि न्यूनतम २६६ रुपैयाँ २० पैसा (कट अफ प्राइस) कबोल गर्ने आवेदकहरूले सेयर पाएका छन्। यसअघि कम्पनीले १०० प्रतिशत (१ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता) हकप्रद सेयर बिक्रीका लागि खुला गरेको थियो, तर बिक्री नभएको सेयर लिलामीमार्फत पुनः बिक्रीमा ल्याइएको थियो।
यसैबीच, लिलामी बाँडफाँटमा नपरेका आवेदकहरूको रकम चैत ११ गते (सोमबार) देखि फिर्ता गरिनेछ। कम्पनीले क्लियरिङ हाउसको कनेक्ट आइपीएस प्रणाली मार्फत आवेदकले उल्लेख गरेको बैंक खातामा नै रकम फिर्ता पठाइने जनाएको छ।
यदि रकम फिर्ता नभएको वा खातामा जम्मा नभएको भए, कम्पनीले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नारायणचौर, नक्साल, काठमाडौं मा सम्पर्क गर्न आग्रह गरेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.