ङादी ग्रुप पावरको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने समय बढ्यो, अब अन्तिम म्याद कहिलेसम्म?

काठमाडौं: ङादी ग्रुप पावरले शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने समय माघ २९ गतेसम्म थप गरेको छ। यसअघि, माघ १४ गतेलाई अन्तिम म्याद तोकिएको थियो। तर, मागअनुसार आवेदन प्राप्त नभएकाले कम्पनीले आवेदन समय बढाएको हो। ङादी ग्रुप पावरले पुस २३ गतेदेखि १:१ अनुपातमा १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर जारी गरेको थियो। […]

काठमाडौं: ङादी ग्रुप पावरले शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने समय माघ २९ गतेसम्म थप गरेको छ। यसअघि, माघ १४ गतेलाई अन्तिम म्याद तोकिएको थियो। तर, मागअनुसार आवेदन प्राप्त नभएकाले कम्पनीले आवेदन समय बढाएको हो।

ङादी ग्रुप पावरले पुस २३ गतेदेखि १:१ अनुपातमा १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर जारी गरेको थियो। १ सय रुपैयाँ अंकित मूल्यमा जारी गरिएका सेयरको कुल मूल्य १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ बराबर छ।

कम्पनीले मंसिर १८ गते बुक क्लोज गरेको थियो। त्यसैले, मंसिर १७ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरको दाबी गर्न सक्नेछन्।

यस हकप्रद सेयरको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ। आवेदन सिद्धार्थ क्यापिटलको कार्यालय (नारायणचौर, नक्साल, काठमाडौं), सिद्धार्थ बैंकका तोकिएका शाखाहरू, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, र मेरो सेयरमार्फत दिन सकिनेछ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ छ। हकप्रद सेयर जारी भएपछि यो पुँजी बढेर ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ। कम्पनीले हकप्रदबाट उठेको रकम आयोजनाको मर्मत सम्भार, ऋण चुक्ता, र नयाँ आयोजनामा लगानीका लागि प्रयोग गर्ने जनाएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In