ङादी ग्रुप पावरको ८ लाख ७३ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं : ङादी ग्रुप पावरको ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामी आवेदन दिने आज (फागुन २८ गते) अन्तिम दिन हो। इच्छुक लगानीकर्ताहरूले कार्यालय समयसम्म मात्र आवेदन दिन सक्नेछन्। कम्पनीले फागुन २० गतेदेखि सर्वसाधारणका लागि यो सेयर लिलामीमा खुला गरेको हो। यस लिलामीमा लगानीकर्ताहरूले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्र पेश गर्न सक्नेछन्। […]

काठमाडौं : ङादी ग्रुप पावरको ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामी आवेदन दिने आज (फागुन २८ गते) अन्तिम दिन हो। इच्छुक लगानीकर्ताहरूले कार्यालय समयसम्म मात्र आवेदन दिन सक्नेछन्। कम्पनीले फागुन २० गतेदेखि सर्वसाधारणका लागि यो सेयर लिलामीमा खुला गरेको हो।

यस लिलामीमा लगानीकर्ताहरूले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्र पेश गर्न सक्नेछन्। आवेदकहरूले कम्तीमा १०० कित्तादेखि अधिकतम उपलब्ध सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन्। यस लिलामी प्रक्रियाको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल हो।

यसअघि कम्पनीले १०० प्रतिशत (१ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता) हकप्रद सेयर जारी गरेको थियो। उक्त अवधिमा बिक्री नभएका बाँकी सेयर नै लिलामीमार्फत बिक्री गर्न लागिएको हो।

लिलामी सेयरका लागि आवेदन सिद्धार्थ क्यापिटलको नारायणचौर, नक्साल, काठमाडौंका साथै सिद्धार्थ बैंकका विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट दिन सकिनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In