ङादी ग्रुप पावर लिमिटेड (NGPL) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित लाभांश पारित गर्न १२औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले मंसिर २५ गते, बिहीबार, काठमाडौँको स्मार्ट दरबार, शंखपार्कमा सभा आयोजना गर्ने जनाएको छ। सभा बिहान ९:३० बजेबाट सुरु हुनेछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.७५% बोनस शेयर र कर प्रयोजनार्थ ०.२५% नगद लाभांश वितरण […]
ङादी ग्रुप पावर लिमिटेड (NGPL) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित लाभांश पारित गर्न १२औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले मंसिर २५ गते, बिहीबार, काठमाडौँको स्मार्ट दरबार, शंखपार्कमा सभा आयोजना गर्ने जनाएको छ। सभा बिहान ९:३० बजेबाट सुरु हुनेछ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.७५% बोनस शेयर र कर प्रयोजनार्थ ०.२५% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव सभामा पेस गर्नेछ। साथै, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थागत सुशासन सम्बन्धि प्रतिवेदन स्वीकृत गर्ने, सञ्चालकको नियुक्ति अनुमोदन गर्ने तथा आगामी वर्षका लागि लेखापरीक्षक चयन गर्नेजस्ता एजेन्डामा पनि निर्णय हुनेछ।
साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले मंसिर १४ गते बुकक्लोज मिति तोकेको छ। यसअनुसार, मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार गरी नामावलीमा रहेका शेयरधनीहरूले सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.