चन्द्रागिरी हिल्सले ६ करोड ६४ लाख नाफा कमाउँदा प्रति सेयर आम्दानी कति रह्यो?

काठमाडौं: चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म चन्द्रागिरी हिल्स लिमिटेडले ६ करोड ६४ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ५.७८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस अवधिमा कम्पनीको खुद नाफा ६ करोड २८ लाख ४९ हजार रुपैयाँ थियो। तर, पुस मसान्तसम्म यसको आम्दानी ७.५६ प्रतिशतले घटेर ४२ […]

काठमाडौं: चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म चन्द्रागिरी हिल्स लिमिटेडले ६ करोड ६४ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ५.७८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस अवधिमा कम्पनीको खुद नाफा ६ करोड २८ लाख ४९ हजार रुपैयाँ थियो।

तर, पुस मसान्तसम्म यसको आम्दानी ७.५६ प्रतिशतले घटेर ४२ करोड २५ लाख ३७ हजार रुपैयाँमा सीमित भएको छ। गत वर्ष यसै अवधिमा कम्पनीले ४५ करोड ७५ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको थियो।

आम्दानीमा गिरावट आए पनि प्रशासनिक खर्च घट्दा कम्पनीको खुद नाफा बढेको हो। १ वर्षको अवधिमा प्रशासनिक खर्च ८.५५ प्रतिशतले घटेर ५ करोड २१ लाख रुपैयाँमा झरेको छ, जबकि अघिल्लो वर्ष यो खर्च ५ करोड ६९ लाख ६८ हजार रुपैयाँ थियो।

पुस मसान्तसम्म चन्द्रागिरी हिल्सको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुगेको छ। यस अवधिमा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ ७३ पैसा कायम भएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In