चिरख्वा हाइड्रोपावरको पुस २३ गते AGM

चिरख्वा हाइड्रोपावर लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा (AGM) पुस २३ गते, बुधवार (जनवरी ७, २०२६) का दिन आयोजना गर्ने भएको छ। मंसिर २३ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार सभा जोरपाटीस्थित कुण्डलिनी रोयल्समा बिहान १० बजे सुरु हुनेछ। कम्पनीले जारी गरेको सूचनाअनुसार सभा कम्पनी ऐन, २०६३ को दफा ६७(२) बमोजिम सञ्चालन हुनेछ। यस पटकको AGM […]

चिरख्वा हाइड्रोपावर लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा (AGM) पुस २३ गते, बुधवार (जनवरी ७, २०२६) का दिन आयोजना गर्ने भएको छ। मंसिर २३ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार सभा जोरपाटीस्थित कुण्डलिनी रोयल्समा बिहान १० बजे सुरु हुनेछ।

कम्पनीले जारी गरेको सूचनाअनुसार सभा कम्पनी ऐन, २०६३ को दफा ६७(२) बमोजिम सञ्चालन हुनेछ। यस पटकको AGM मा वित्तीय विवरण अनुमोदनदेखि हकप्रद शेयर जारी गर्ने प्रस्तावसम्मका महत्वपूर्ण एजेन्डा प्रस्तुत गरिनेछन्।

सभामा प्रस्तुत हुने सामान्य प्रस्तावहरूमा

  • आर्थिक वर्ष 2081/82 को वार्षिक प्रतिवेदन

  • वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरणमा छलफल

  • आगामी वर्षका लागि लेखापरीक्षक नियुक्ति

  • सञ्चालक समितिले गत वर्ष गरेका निर्णयहरूको अनुमोदन

विशेष प्रस्ताव: १:१ हकप्रद
कम्पनीले हालको ४० करोड चुक्ता पूँजीका आधारमा १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव AGM मा पेस गर्नेछ। साथै पूँजी संरचना तथा प्रबन्धपत्र/नियमावली संशोधन, हकप्रद जारीका लागि सञ्चालक समितिलाई अख्तियार दिने, ऋण भुक्तानी तथा सम्भावित नयाँ आयोजनामा लगानीसम्बन्धी प्रस्ताव पनि पेस गरिनेछ।

बुकक्लोज मिति — मंसिर १३
AGM मा सहभागी हुन कम्पनीले 2082/09/13 मा Book Close गर्ने निर्णय गरेको छ।
यसअनुसार, मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भई नामसारी दर्ता भएका शेयरधनी मात्र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

शेयरधनीहरूका लागि व्यवस्था

  • AGM सूचना तथा आर्थिक विवरण लगतमा उल्लेखित ठेगानामा पठाइने

  • आर्थिक विवरण कम्पनीको कार्यालयमा अवलोकन गर्न सकिने

  • AGM मा सहभागी हुन DEMAT प्रमाण, नागरिकता वा परिचयपत्र अनिवार्य

  • प्रोक्सीमार्फत सहभागिता सम्भव, तर प्रतिनिधिपत्र ४८ घण्टा अगावै दर्ता गर्नुपर्ने

  • संयुक्त शेयरधनीका हकमा पहिलो नाम भएका वा सहमत प्रतिनिधि मात्र उपस्थित

  • नाबालकका हकमा अभिभावक सहभागी हुन सक्ने

  • कुनै विषय छलफल एजेन्डामा समावेश गराउन चाहने शेयरधनीले ७ दिनअगावै लिखित प्रस्ताव पठाउन सक्ने व्यवस्था

साधारण सभामा हकप्रद प्रस्ताव प्रमुख आकर्षण बन्ने देखिन्छ, जसले कम्पनीको पूँजी संरचना विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In