काठमाडौं: चिरख्वा हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा आज, चैत २० गते बुधबार बस्दैछ। सभा जोरपाटी, काठमाडौंस्थित कुन्डलिनी रोयल्समा बिहान ९ बजे सुरु हुने छ। कम्पनीले यसपटक लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन। सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा-नोक्सान हिसाबमाथि छलफल गरिनेछ। साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धी एजेन्डा […]
काठमाडौं: चिरख्वा हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा आज, चैत २० गते बुधबार बस्दैछ। सभा जोरपाटी, काठमाडौंस्थित कुन्डलिनी रोयल्समा बिहान ९ बजे सुरु हुने छ।
कम्पनीले यसपटक लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन। सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा-नोक्सान हिसाबमाथि छलफल गरिनेछ। साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धी एजेन्डा पनि राखिएको छ।
यसैगरी, संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्ने पाँच जना सञ्चालकको निर्वाचन पनि सभाको प्रमुख एजेन्डा रहनेछ।
सभा प्रयोजनका लागि कम्पनीले चैत १२ गते बुक क्लोज गरिसकेको हुँदा चैत ११ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.