काठमाडौं : एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका चार कम्पनीका ११ लाख ५९ हजार ६० कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (फागुन ६ गते) अन्तिम दिन हो। इच्छुक लगानीकर्ताले कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। बैंकले माघ २९ गतेदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का १० लाख कित्ता सेयर लिलामीमा ल्याएको थियो। यसमा लगानीकर्ताले न्यूनतम १०५ रुपैयाँ मूल्य […]
काठमाडौं : एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका चार कम्पनीका ११ लाख ५९ हजार ६० कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (फागुन ६ गते) अन्तिम दिन हो। इच्छुक लगानीकर्ताले कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।
बैंकले माघ २९ गतेदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का १० लाख कित्ता सेयर लिलामीमा ल्याएको थियो। यसमा लगानीकर्ताले न्यूनतम १०५ रुपैयाँ मूल्य राखेर आवेदन दिन सक्नेछन्।
त्यसैगरी, नागरिक लगानी कोषका ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा ल्याइएको छ, जसका लागि न्यूनतम मूल्य ६९० रुपैयाँ तोकिएको छ।
साथै, सूर्योदय वोमी लघुवित्तका ५९ हजार ६० कित्ता सेयरका लागि न्यूनतम २७३ रुपैयाँ र सूर्यज्योति लाइफ इन्सुरेन्सका ५० हजार कित्ता सेयरका लागि न्यूनतम १६५ रुपैयाँ राखेर आवेदन दिन सकिनेछ।
यी सेयर खरिदका लागि विद्यमान संस्थापकहरूसहित जो कोही व्यक्ति, कम्पनी, संघ वा संस्थाले आवेदन दिन सक्नेछन्। लिलामी आवेदन एनआईसी एशिया क्यापिटल (थापाथली, काठमाडौं), एनआईसी एशिया बैंकको केन्द्रीय कार्यालय (थापाथली) तथा शाखा कार्यालयहरू— विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.