चिलिमे जलविद्युत कम्पनीको नगद लाभांश सेयरधनीको बैंक खातामा सञ्चित गरिएको छ।

काठमाडौं : चिलिमे जलविद्युत कम्पनीले सेयरधनीको बैंक खातामा २ प्रतिशत नगद लाभांश जम्मा गरेको छ। कम्पनीले माघ ७ गतेबाट आर्थिक वर्ष २०८०–८१ को नाफाबाट वितरण गरेको नगद लाभांश सेयरधनीका खातामा पठाएको हो। डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीलाई मात्र यो नगद लाभांश प्राप्त भएको कम्पनीको जानकारी छ। त्यसैगरी, कम्पनीले बैंक खाता अद्यावधिक गरेपछि […]

काठमाडौं : चिलिमे जलविद्युत कम्पनीले सेयरधनीको बैंक खातामा २ प्रतिशत नगद लाभांश जम्मा गरेको छ। कम्पनीले माघ ७ गतेबाट आर्थिक वर्ष २०८०–८१ को नाफाबाट वितरण गरेको नगद लाभांश सेयरधनीका खातामा पठाएको हो। डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीलाई मात्र यो नगद लाभांश प्राप्त भएको कम्पनीको जानकारी छ।

त्यसैगरी, कम्पनीले बैंक खाता अद्यावधिक गरेपछि मात्र नगद लाभांश खातामा पठाइने भएकाले डिम्याट खाता तुरुन्तै अद्यावधिक गर्न आग्रह गरेको छ। चिलिमे जलविद्युतको पुस २८ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

 

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In