चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (CHCL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.८१ प्रतिशत बढेर १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा खुद नाफा ०.१६ प्रतिशत बढेर ६७ करोड ९५ लाख रुपैयाँ पुगेको छ। कुल नाफा १.४४ […]
चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (CHCL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.८१ प्रतिशत बढेर १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा खुद नाफा ०.१६ प्रतिशत बढेर ६७ करोड ९५ लाख रुपैयाँ पुगेको छ। कुल नाफा १.४४ प्रतिशत र सञ्चालन मुनाफा ३.६१ प्रतिशत बढेको भए पनि वित्तीय आम्दानी १६.७० प्रतिशतले घटेको छ।
नाफा बढेपनि प्रतिशेयर आम्दानी (EPS) ७६ पैसा घटेर ७ रुपैयाँ ७४ पैसा पुगेको छ। असार मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ५९ पैसा र मूल्य आम्दानी अनुपात (P/E Ratio) ६०.७ गुणा रहेको छ।
८ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ्ग २ अर्ब ६८ करोड रुपैयाँ रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.