काठमाडौं: चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासामा ४९ करोड ७२ लाख रुपैयाँ खुद नाफा प्राप्त गरेको छ। यो अघिल्लो वर्षको तुलनामा १.७७ प्रतिशत बढी हो। अघिल्लो वर्ष यसले ४८ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो। यस अवधिमा कम्पनीको विद्युत बिक्रीबाट आम्दानी ४.७२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष ६१ करोड २० […]
काठमाडौं: चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासामा ४९ करोड ७२ लाख रुपैयाँ खुद नाफा प्राप्त गरेको छ। यो अघिल्लो वर्षको तुलनामा १.७७ प्रतिशत बढी हो। अघिल्लो वर्ष यसले ४८ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीको विद्युत बिक्रीबाट आम्दानी ४.७२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष ६१ करोड २० लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको यसले अहिले यो रकम बढाएर ६४ करोड पुर्याएको छ।
हाल ८ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ। यसको प्रति सेयर आम्दानी ८.७२ रुपैयाँ र प्रति सेयर नेटवर्थ १२७.२१ रुपैयाँ छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.