काठमाडौं: छिमेक लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९७ हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ४०० रुपैयाँ तोकेको छ। यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरूले आज, चैत २० गते बुधबारदेखि ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, मध्यबानेश्वर, काठमाडौंमा निवेदन पेश […]
काठमाडौं: छिमेक लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९७ हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ४०० रुपैयाँ तोकेको छ।
यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरूले आज, चैत २० गते बुधबारदेखि ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, मध्यबानेश्वर, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ।
तोकिएको समयसीमाभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेको खण्डमा कम्पनीले अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने जनाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.