छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं – छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने प्रक्रिया आज शुक्रबार, जेठ २३ गतेदेखि सुरु भएको छ। कम्पनीले हाल कायम सेयरधनीहरूलाई १ः१ को अनुपातमा कुल ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ। यसअनुसार कुल ३८ करोड ६९ लाख ७७ हजार ५०० […]

काठमाडौं – छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने प्रक्रिया आज शुक्रबार, जेठ २३ गतेदेखि सुरु भएको छ। कम्पनीले हाल कायम सेयरधनीहरूलाई १ः१ को अनुपातमा कुल ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ। यसअनुसार कुल ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको सेयर जारी गरिएको हो।

यसको लागि कम्पनीले जेठ २ गते बुक क्लोज गरिसकेको छ, जसअनुसार जेठ १ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। लगानीकर्ताले असार १२ गतेसम्म आवेदन दिन सक्नेछन्।

ग्लोबल आइएमई क्यापिटल यस हकप्रद सेयरको बिक्री प्रबन्धक रहेको छ। आवेदन ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित कार्यालय, ग्लोबल आइएमई बैंकका तोकिएका शाखाहरू, धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो सेयर’ प्रणालीमार्फत दिन सकिनेछ।

हाल छ्याङ्दी हाइड्रोपावरको चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ, जुन हकप्रद सेयर निष्कासनपछि बढेर ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In