छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) ले जारी गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (असार २७ गते) अन्तिम दिन हो। कम्पनीले एक बराबर एक अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो, जसको कुल मूल्य ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ हुन्छ। कम्पनीले जेठ २ गते बुकक्लोज गरेकोले जेठ १ […]
छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) ले जारी गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (असार २७ गते) अन्तिम दिन हो। कम्पनीले एक बराबर एक अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो, जसको कुल मूल्य ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ हुन्छ।
कम्पनीले जेठ २ गते बुकक्लोज गरेकोले जेठ १ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन दिन सक्ने छन्। हकप्रद निष्काशनका लागि इक्रा नेपालले कम्पनीलाई “ICRA NP Issuer Rating B-” प्रदान गरेको छ, जसले वित्तीय जोखिम उच्च रहेको देखाउँछ।
ग्लोबल आइएमई क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक कार्यालय, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा, सि-आस्बा सेवामा सहभागी बैंक तथा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी ३८.६९ करोड रुपैयाँ रहेकोमा हकप्रद बाँडफाँटपछि ७७.३९ करोड पुग्नेछ। संकलित रकम माथिल्लो छ्याङ्दी खोला आयोजना निर्माण, ऋण भुक्तानी तथा नुप्चे लिखु आयोजना लगानीमा प्रयोग गरिनेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.