२६ भदौ, काठमाडौं । जेन-जी आन्दोलनपछिको परिस्थितिबारे चार प्रमुख दलका युवा नेताहरू संयुक्त भर्चुअल छलफलमा जुटेका छन्। नेपाली कांग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी, एमालेबाट योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, माओवादीबाट माधव सापकोटा, राजन दाहाल र अमनलाल मोदी तथा रास्वपाबाट सोबिता गौतम र शिशिर खनाल सहभागी भएका छन्। छलफलले तीन निष्कर्ष […]
२६ भदौ, काठमाडौं । जेन-जी आन्दोलनपछिको परिस्थितिबारे चार प्रमुख दलका युवा नेताहरू संयुक्त भर्चुअल छलफलमा जुटेका छन्।
नेपाली कांग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी, एमालेबाट योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, माओवादीबाट माधव सापकोटा, राजन दाहाल र अमनलाल मोदी तथा रास्वपाबाट सोबिता गौतम र शिशिर खनाल सहभागी भएका छन्।
छलफलले तीन निष्कर्ष निकालेका छन्–
१) दलहरूले आत्मसमीक्षा गर्नुपर्छ,
२) जेन-जीका माग सम्बोधन गर्नुपर्छ,
३) नेपाललाई पश्चगमनतर्फ लैजान खोजे प्रतिवाद गर्नुपर्छ।
नेताहरूले सुशासन र भ्रष्टाचारविरुद्धको जेन-जीको मागलाई समर्थन गर्दै आवश्यक नीति तथा निर्णय गर्नुपर्नेमा सहमति जनाएका छन्। तर नयाँ सरकार गठनको विषयमा भने उनीहरू एउटै धारमा पुग्न सकेका छैनन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.