जर्मनी: मार्च महिनामा जर्मनीको मुद्रास्फीति दर केही घटेको देखिए तापनि विश्लेषकहरूले व्यापार तनावका कारण उपभोक्ता मूल्यहरू पुनः वृद्धि हुन सक्ने चेतावनी दिएका छन्। जर्मनीको वार्षिक मुद्रास्फीति दर मार्चमा २.२ प्रतिशत रहेको छ, जुन फेब्रुअरी महिनाको २.३ प्रतिशतभन्दा न्यून हो। यो तथ्यांक जर्मनीको तथ्यांक विभाग डेस्टाटिस ले सार्वजनिक गरेको हो। यद्यपि, वित्तीय सेवा कम्पनी प्याक्टसेट द्वारा […]
जर्मनी: मार्च महिनामा जर्मनीको मुद्रास्फीति दर केही घटेको देखिए तापनि विश्लेषकहरूले व्यापार तनावका कारण उपभोक्ता मूल्यहरू पुनः वृद्धि हुन सक्ने चेतावनी दिएका छन्।
जर्मनीको वार्षिक मुद्रास्फीति दर मार्चमा २.२ प्रतिशत रहेको छ, जुन फेब्रुअरी महिनाको २.३ प्रतिशतभन्दा न्यून हो। यो तथ्यांक जर्मनीको तथ्यांक विभाग डेस्टाटिस ले सार्वजनिक गरेको हो। यद्यपि, वित्तीय सेवा कम्पनी प्याक्टसेट द्वारा गरिएको सर्वेक्षण अनुसार विश्लेषकहरूले मुद्रास्फीति दर २.१ प्रतिशत हुने अपेक्षा गरेका थिए।
सार्वजनिक ऋणदाता केएफडब्लु का अर्थशास्त्री स्टेफनी शोनवाल्डका अनुसार ऊर्जा मूल्यमा आएको गिरावट र युरोपियन युरो अमेरिकी डलरको तुलनामा मजबुत हुनु मुद्रास्फीति घट्नुका मुख्य कारक हुन्। युरोको मजबूतीका कारण अन्य देशबाट आयात गरिने सामानको मूल्य सस्तो पर्ने भएकाले समग्र उपभोक्ता मूल्यमा गिरावट आएको हो।
तर, आगामी दिनहरूमा अमेरिका र युरोपबीचको सम्भावित ‘भन्सार शुल्क विवाद’ ले मुद्रास्फीति पुनः बढ्न सक्ने खतरा रहेको शोनवाल्डले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २ देखि व्यापार असन्तुलन रहेका देशहरूका लागि नयाँ भन्सार शुल्क लागू गर्ने घोषणा गरेका छन्।
यी शुल्कहरू कुन देशमा कति मात्रामा लागू हुनेछन् भन्ने अझै स्पष्ट नभइसकेको छ। आइएनजी बैंक का विश्लेषक कास्र्टेन ब्रेजेस्कीका अनुसार यदि अमेरिका र युरोपबीच व्यापार तनाव चर्कियो भने त्यसले अल्पकालीन रूपमा मुद्रास्फीतिमा दबाब बढाउनेछ।
यसैबीच, मुद्रास्फीति दरमा आएको गिरावटले युरोपियन केन्द्रीय बैंक (इसीबी) लाई अप्रिलमा हुने बैठकमा ब्याजदर घटाउने अवसर प्रदान गर्न सक्ने देखिन्छ। इसीबी अध्यक्ष क्रिस्टिन लागार्दले सोमबार मुद्रास्फीति दरको भविष्यबारे अझै धेरै अनिश्चितता रहेको बताएकी छन्, जसमा सम्भावित भन्सार शुल्कको प्रभाव पनि समावेश छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.