जलविद्युतको आईपीओ जारी प्रक्रिया रोक्न हुँदैन : कुलमान घिसिङ

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत क्षेत्रको विकास सर्वसाधारणको लगानीबाट सम्भव भएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आईपीओमा लगानी गर्दा जोखिम देखिए पनि नियमन गरेर सेयर निष्कासन खुला गर्नुपर्ने धारणा राखे। उनका अनुसार, विद्युत प्राधिकरणले हालसम्म १२ हजार मेगावाट बराबरको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गरिसकेको छ। हाल ३,५०० […]

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत क्षेत्रको विकास सर्वसाधारणको लगानीबाट सम्भव भएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आईपीओमा लगानी गर्दा जोखिम देखिए पनि नियमन गरेर सेयर निष्कासन खुला गर्नुपर्ने धारणा राखे।

उनका अनुसार, विद्युत प्राधिकरणले हालसम्म १२ हजार मेगावाट बराबरको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गरिसकेको छ। हाल ३,५०० मेगावाटका आयोजना सञ्चालनमा रहे पनि हिउँदमा मात्र १,१०० मेगावाट उत्पादन भइरहेको छ।

विद्युत आपूर्ति २८,५०० मेगावाटसम्म पुर्‍याउन प्राधिकरण थप पीपीए खोल्ने पक्षमा रहेको उनले बताए। “हाल पीपीए भएका सबै परियोजनाहरू निर्माण चरणमा प्रवेश गरिसकेका छैनन्,” उनले भने, “पीपीए गरेर निर्माण नगर्ने तर नयाँ पीपीएको माग राख्नु कति उपयुक्त हो?”

प्राधिकरणसँग सम्झौता गरी आयोजना ओगटेर राख्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने भन्दै उनले नेपाल सरकारले भारतसँग गरेको क्रसबोर्डर प्रसारण लाइन सम्झौताले भारतलाई आम्दानीको ग्यारेन्टी प्रदान गरेको उल्लेख गरे।

नेपाल विद्युत प्राधिकरणले हाल ७ खर्ब रुपैयाँ बराबरको सम्पत्ति राखेको भन्दै सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी भइरहेको घिसिङले जानकारी दिए। प्राधिकरणले २० प्रतिशत सेयर जारी गर्ने योजना बनाएको छ।

 

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In