जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (JBLB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको कुल १४.७३६८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। घोषित लाभांशमध्ये १४ प्रतिशत बोनस शेयरका रूपमा वितरण गरिनेछ भने बाँकी ०.७३६८ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि दिइनेछ। मंसिर २६ गते बसेको […]
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (JBLB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको कुल १४.७३६८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
घोषित लाभांशमध्ये १४ प्रतिशत बोनस शेयरका रूपमा वितरण गरिनेछ भने बाँकी ०.७३६८ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि दिइनेछ। मंसिर २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव पारित गरेको हो।
नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सो दरमा लाभांश शेयरधनीहरूलाई वितरण गरिनेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.