काठमाडौं: जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले माघ १५ गते नवौं र दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ। तर, कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव प्रस्तुत गरेको छैन, जसका कारण यस पटक पनि सेयरधनीले लाभांश प्राप्त गर्न नसक्ने भएका छन्। साधारण सभा काठमाडौंको सुकेधारा स्थित सेलिब्रेशन हाईटमा बिहान १० बजे सुरु हुनेछ। सभामा आर्थिक वर्ष २०७९/८० र […]
काठमाडौं: जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले माघ १५ गते नवौं र दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ। तर, कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव प्रस्तुत गरेको छैन, जसका कारण यस पटक पनि सेयरधनीले लाभांश प्राप्त गर्न नसक्ने भएका छन्।
साधारण सभा काठमाडौंको सुकेधारा स्थित सेलिब्रेशन हाईटमा बिहान १० बजे सुरु हुनेछ। सभामा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को नाफा–नोक्सान विवरणमाथि छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने विषय पनि एजेन्डामा समावेश छ।
त्यसैगरी, कम्पनीको रिक्त रहेका ३ सञ्चालक पदमध्ये महिला प्रतिनिधिका लागि १ पदसहित सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ। सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते बुक क्लोज गरिसकेको छ। त्यसैले, माघ २ गतेसम्म सेयरधनी दर्ता भएका व्यक्तिहरूले सभामा सहभागी हुन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.