जोशी हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड (JOSHI) को हकप्रद शेयर सुरक्षित गर्न आज अन्तिम दिन रहेको छ। कम्पनीले आगामी असार ८ गते, आइतबार वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गर्ने भएकोले, त्यसअघि आजसम्म कारोबार भइ कायम रहने शेयरधनीहरू हकप्रदमा आवेदन दिन योग्य हुनेछन्। कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने […]

जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड (JOSHI) को हकप्रद शेयर सुरक्षित गर्न आज अन्तिम दिन रहेको छ। कम्पनीले आगामी असार ८ गते, आइतबार वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गर्ने भएकोले, त्यसअघि आजसम्म कारोबार भइ कायम रहने शेयरधनीहरू हकप्रदमा आवेदन दिन योग्य हुनेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ। यसअनुसार, हालको १० कित्ता शेयर बराबर ६.५ कित्ता नयाँ शेयरको अनुपातमा हकप्रद शेयर जारी गरिनेछ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ, जसको कुल रकम २४ करोड १४ लाख १० हजार रुपैयाँ हुनेछ।

हाल जोशी हाइड्रोपावरको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ। हकप्रद शेयरबाट जुटाइने पूँजी कम्पनीको आयोजनागत लागत तथा अन्य पूर्वाधार विकासमा खर्च गरिने अनुमान गरिएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In