जोशी हाइड्रोपावरले ६५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न तोक्यो बुक क्लोज मिति

काठमाडौं: जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ६५ प्रतिशत हकप्रद सेयर बिक्रीका लागि बुक क्लोज मिति निर्धारण गरेको छ। कम्पनीले असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको हुँदा, असार ७ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति […]

काठमाडौं: जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ६५ प्रतिशत हकप्रद सेयर बिक्रीका लागि बुक क्लोज मिति निर्धारण गरेको छ। कम्पनीले असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको हुँदा, असार ७ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति प्राप्त गरिसकेको छ। प्रतिकित्ता १०० रुपैयाँको दरले यो हकप्रद सेयरबाट जम्मा २४ करोड १४ लाख रुपैयाँ संकलन गरिनेछ। हाल कम्पनीको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ, जुन हकप्रद सेयरपछि बढेर ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In