झापा इनर्जीको आईपीओ साउन १४ देखि बिक्री खुला

झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण शेयर (IPO) निष्काशन गर्दैछ। कम्पनीले आफ्नो ३८ करोड १ लाख ९० हजार रुपैयाँ जारी पूँजीको १० प्रतिशत बराबरको शेयर निष्काशन गर्न लागेको हो। यसअनुसार, कम्पनीले ३ लाख ८० हजार १९० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका […]

झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण शेयर (IPO) निष्काशन गर्दैछ। कम्पनीले आफ्नो ३८ करोड १ लाख ९० हजार रुपैयाँ जारी पूँजीको १० प्रतिशत बराबरको शेयर निष्काशन गर्न लागेको हो।

यसअनुसार, कम्पनीले ३ लाख ८० हजार १९० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गर्न लागेको हो।

  • जसमध्ये १ लाख ९० हजार ९५ कित्ता शेयर झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ स्थित सौर्य आयोजना स्थल र १०० मिटर वरपरका बासिन्दाहरूका लागि हुनेछ।

  • बाँकी १ लाख ९० हजार ९५ कित्ता शेयर शिवसताक्षी–४ का अन्य क्षेत्रका बासिन्दाहरूका लागि छुट्याइएको छ।

त्यस्तै, ५७ हजार २९ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।

  • यी शेयर १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गरिनेछ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

  • स्थानिय बासिन्दाहरूको लागि आवेदन अवधि छिटोमा साउन २८ गते र ढिलोमा भदौ १२ गतेसम्म रहनेछ।

  • वैदेशिक रोजगारिमा रहेका नेपालीहरूको लागि छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनका लागि इक्रा नेपालले झापा इनर्जीलाई “ICRA NP Issuer Rating Single B–” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको १० मेगावाटको ग्रीड–जडित सौर्य आयोजनाको कुल लागत ८७ करोड ९० लाख रुपैयाँ रहेको छ।

  • प्रतिमेगावाट लागत ८ करोड ७९ लाख रुपैयाँ

  • इक्विटी फिर्ता अवधि ९.५५ वर्ष

  • प्रोजेक्ट फिर्ता अवधि ८.०६ वर्ष

  • डिस्काउण्टेड इक्विटी फिर्ता अवधि १३.४६ वर्ष

  • डिस्काउण्टेड प्रोजेक्ट फिर्ता अवधि १५.६६ वर्ष रहेको छ।

  • आयोजनाको विद्युत अनुमतिपत्र अझै २२ वर्ष बाँकी रहेको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

  • स्थानिय बासिन्दाहरूले हिमालयन बैंकका दुधे, दमक र सुरुङ्गा शाखा कार्यालय तथा आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्।

  • फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ दस्तुर लाग्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सि–आस्बा प्रणाली वा मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन्।

Share Training in Nepal

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In