झापा इनर्जीले आईपीओ निष्काशन सुरु गर्‍यो

झापा इनर्जी लिमिटेडले आज साउन १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) प्रक्रिया सुरु गरेको छ। कम्पनीले कुल जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको ३ लाख ८० हजार १९० कित्ता साधारण […]

झापा इनर्जी लिमिटेडले आज साउन १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) प्रक्रिया सुरु गरेको छ।

कम्पनीले कुल जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गर्दैछ।

उक्त शेयरमध्ये १ लाख ९० हजार ९५ कित्ता प्रत्यक्ष प्रभावित क्षेत्र शिवसताक्षी नगरपालिका–४ का आयोजनास्थल आसपास १०० मिटरभित्रका बासिन्दाहरूका लागि र बाँकी १ लाख ९० हजार ९५ कित्ता सोही वडाका अन्य क्षेत्रका बासिन्दाहरूका लागि छुट्याइएको छ।

साथै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सर्वसाधारण हिस्सा अन्तर्गत छुट्याइएको १० प्रतिशत शेयर अर्थात ५७ हजार २९ कित्ता शेयर पनि निष्काशनमा ल्याएको छ।

आईपीओका लागि न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

  • स्थानीय बासिन्दाका लागि आवेदन अवधि साउन १४ देखि साउन २८ गतेसम्म (ढिलोमा भदौ १२)

  • वैदेशिक नेपालीका लागि साउन १४ देखि साउन १८ गतेसम्म (ढिलोमा साउन २८) कायम गरिएको छ।

इक्रा नेपालले झापा इनर्जीलाई “ICRA NP B-” रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय जोखिम उच्च रहेको संकेत गर्छ।

१० मेगावाट क्षमताको ग्रिडमा आबद्ध सौर्य आयोजनाको अनुमानित लागत ८७.९ करोड रुपैयाँ रहेको छ।

  • इक्विटीमा लगानी फिर्ता हुने अवधि: ९.५५ वर्ष

  • परियोजनामा लगानी फिर्ता हुने अवधि: ८.०६ वर्ष

  • डिस्काउण्टमा इक्विटी: १३.४६ वर्ष, परियोजना: १५.६६ वर्ष

शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।
स्थानिय बासिन्दाले हिमालयन बैंकका दुधे, दमक, सुरुङ्गा शाखा तथा आयोजना स्थलबाट आवेदन दिन सक्नेछन्। दरखास्त फारम शुल्क २ रुपैयाँ तोकिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले “मेरो शेयर” तथा C-ASBA प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

Share Training in Lalitpur

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In