काठमाडौं : टाइम फर्मास्युटिकल्स लिमिटेडले बुक बिल्डिङ विधिमार्फत प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) जारी गर्ने भएको छ। यसका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। सम्बन्धित सम्झौतापत्रमा टाइम फर्मास्युटिकल्सका प्रबन्ध निर्देशक सुदर्शन लाल श्रेष्ठ र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्। गण्डकी प्रदेशको नवलपुर जिल्लाको […]
काठमाडौं : टाइम फर्मास्युटिकल्स लिमिटेडले बुक बिल्डिङ विधिमार्फत प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) जारी गर्ने भएको छ। यसका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
सम्बन्धित सम्झौतापत्रमा टाइम फर्मास्युटिकल्सका प्रबन्ध निर्देशक सुदर्शन लाल श्रेष्ठ र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।
गण्डकी प्रदेशको नवलपुर जिल्लाको गैंडाकोटमा अवस्थित टाइम फर्मास्युटिकल्स डब्लुएचओ जीएमपी प्रमाणित औषधि उत्पादक कम्पनी हो। सन् १९९५ को अक्टोबरमा स्थापना भएको कम्पनीले उच्च मूल्यका ठोस, अर्ध ठोस तथा तरल औषधिहरूको विविध उत्पादन पोर्टफोलियो विकास गरेको जनाएको छ।
सन् १९९७ देखि व्यावसायिक उत्पादन र मार्केटिङ सुरु गरेको कम्पनीले २८ वर्षको यात्रामा विभिन्न थेराप्युटिक सेगमेन्टमा २०० भन्दा बढी उत्पादनहरू बजारमा ल्याइसकेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.