सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत ‘रन अफ रिभर’ (RoR) आयोजनाहरूमा ‘टेक एण्ड पे’ (Take and Pay) पिपिए (PPA) प्रणाली लागू गर्ने घोषणा गरेपछि विद्युत् क्षेत्र तातेको छ। उक्त नीति कार्यान्वयन भएमा निजी क्षेत्रको ६६ अर्ब रुपैयाँभन्दा बढी लगानी जोखिममा पर्ने भन्दै स्वतन्त्र विद्युत् उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको […]
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत ‘रन अफ रिभर’ (RoR) आयोजनाहरूमा ‘टेक एण्ड पे’ (Take and Pay) पिपिए (PPA) प्रणाली लागू गर्ने घोषणा गरेपछि विद्युत् क्षेत्र तातेको छ।
उक्त नीति कार्यान्वयन भएमा निजी क्षेत्रको ६६ अर्ब रुपैयाँभन्दा बढी लगानी जोखिममा पर्ने भन्दै स्वतन्त्र विद्युत् उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
इप्पानका अनुसार हाल उत्पादनको चरणमा पुगेका ३,६०० मेगावाट क्षमताका आयोजनामध्ये ८० प्रतिशतभन्दा बढी हिस्सा निजी क्षेत्रको रहेको छ। यस्ता आयोजनाहरूमा लगानी गर्न बैंकहरू तयार नभएमा हाल निर्माणाधीन वा प्रस्तावित अवस्थामा रहेका १७ हजार मेगावाट क्षमताका ३५० बढी आयोजनाको भविष्य अन्योलमा पर्ने इप्पानको चेतावनी छ।
इप्पानले प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जा मन्त्री, मुख्यसचिव लगायतका सरोकारवाला निकायसँग पटक–पटक भेटघाट गरी ‘टेक एण्ड पे’ प्रावधान सच्याउन आग्रह गर्दै आएको जनाइएको छ। तर, सरकार गम्भीर नभएको र विद्युत् क्षेत्रमा निजी लगानीप्रति निरुत्साहित हुने नीतिगत जोखिम बढिरहेको भन्दै इप्पानले आन्दोलनमा उत्रिनु परेको स्पष्ट पारेको छ।
इप्पानले निकट भविष्यमा थप संघर्षका कार्यक्रमहरू सार्वजनिक गर्ने तयारीसमेत गरेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.