ट्रेड टावरको आइपीओमा आवेदन दिने समय थप

काठमाडौं : ट्रेड टावर लिमिटेडको आइपीओमा आवेदन दिने म्याद एक दिन थपिएको छ । अब जेठ २० गते मंगलबारसम्म आवेदन दिन सकिनेछ । यसअघि आइपीओको आवेदन अवधि जेठ १९ गतेसम्म तोकिएको थियो । तर, जेठ १८ गते उपत्यकाभित्र भोटो जात्राका लागि सार्वजनिक बिदा परेकाले निष्कासन अवधि एक दिन बढाइएको कम्पनीले जनाएको छ । ट्रेड टावरले […]

काठमाडौं : ट्रेड टावर लिमिटेडको आइपीओमा आवेदन दिने म्याद एक दिन थपिएको छ । अब जेठ २० गते मंगलबारसम्म आवेदन दिन सकिनेछ । यसअघि आइपीओको आवेदन अवधि जेठ १९ गतेसम्म तोकिएको थियो । तर, जेठ १८ गते उपत्यकाभित्र भोटो जात्राका लागि सार्वजनिक बिदा परेकाले निष्कासन अवधि एक दिन बढाइएको कम्पनीले जनाएको छ ।

ट्रेड टावरले जेठ १४ गते बुधबारदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता साधारण सेयर (आइपीओ) बिक्री खुला गरेको हो। कम्पनीले कुल जारी पुँजी ८१ करोड ५६ लाख रुपैयाँमध्ये ४८.६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्ने योजना ल्याएको छ।

यस मध्ये १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएर आइपीओ जारी गरिसकिएको छ। उक्त बाँडफाँटपछि अब बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको हो। इच्छुक आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

यो आइपीओमा सी–आस्वा सेवाबाट आवद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर पोर्टलमार्फत आवेदन दिन सकिनेछ। बिक्री व्यवस्थापनको जिम्मा लक्ष्मी सनराइज क्यापिटलले लिएको छ।

इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा औसत जोखिम रहेको जनाउँछ। उक्त रेटिङ इक्राले २०८१ माघ ७ गते दिएको हो र २०८२ माघ ७ गतेसम्म मान्य रहनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In