ट्रेड टावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं: ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन दिने आज (मंगलबार, जेठ २० गते) अन्तिम दिन हो। लगानीकर्ताहरूले कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। सीडीएस अनुसार, सोमबार (जेठ १९ गते) साँझ ५:०६ बजे सम्म १९ लाख ६१ हजार ३९१ जनाले कुल २ करोड ३३ लाख ६० हजार ७० कित्ताका लागि आवेदन दिएका छन्। यो संख्या […]

काठमाडौं: ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन दिने आज (मंगलबार, जेठ २० गते) अन्तिम दिन हो। लगानीकर्ताहरूले कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्।

सीडीएस अनुसार, सोमबार (जेठ १९ गते) साँझ ५:०६ बजे सम्म १९ लाख ६१ हजार ३९१ जनाले कुल २ करोड ३३ लाख ६० हजार ७० कित्ताका लागि आवेदन दिएका छन्। यो संख्या सर्वसाधारणका लागि खुला गरिएको सेयरको तुलनामा ७.०९ गुणा बढी हो।

ट्रेड टावरले जेठ १४ गते बुधबारदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याएको हो। कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख रुपैयाँको ४८.६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।

यस मध्ये १० प्रतिशत (३ लाख ९७ हजार १६९ कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको थियो, जसको बाँडफाँट भइसकेको छ। अब बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको हो। यसमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिन्छ।

आवेदन सी–आस्वा स्वीकृत बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो सेयर’ प्रणालीमार्फत दिन सकिन्छ।

यस आईपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ। इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व तिर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ। यो रेटिङ २०८१ माघ ७ गते प्रदान गरिएको हो र २०८२ माघ ७ गतेसम्म मान्य रहनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In