काठमाडौं : ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा हालसम्म १० करोड ७५ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार आज वैशाख १५ गते बिहान १०:०६ बजेसम्म ४८ हजार ९२१ जना आवेदकले कुल १० लाख ७५ हजार ६८० कित्ता सेयरका लागि आवेदन दिएका छन्, […]
काठमाडौं : ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा हालसम्म १० करोड ७५ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार आज वैशाख १५ गते बिहान १०:०६ बजेसम्म ४८ हजार ९२१ जना आवेदकले कुल १० लाख ७५ हजार ६८० कित्ता सेयरका लागि आवेदन दिएका छन्, जुन मागभन्दा २.७० गुणाले बढी हो।
कम्पनीले वैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पहिलो चरणमा आईपीओ निष्कासन सुरू गरेको हो। यस चरणमा कम्पनीले ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर जारी गरेको हो।
यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले यो सेयरमा वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन्।
यस आईपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। आवेदन सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयर प्रणालीमार्फत दिन सकिन्छ।
यस कम्पनीलाई क्रेडिट रेटिङ संस्था इक्रा नेपालले ‘इक्रा एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ दिएको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको जनाउँछ। यो रेटिङ २०८१ माघ ७ गते प्रदान गरिएको हो र २०८२ माघ ७ गतेसम्म मान्य रहनेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.