ट्रम्पको शुल्क वृद्धिले बजारमा उथलपुथल मच्चाएपछि चिनियाँ कम्पनीहरुले सेयर बाइब्याका लागि २.७ अर्ब डलर छुट्याए

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शुल्क युद्धले विश्वव्यापी सेयर बजारमा हलचल ल्याइरहेका बेला चिनियाँ कम्पनीहरूले आफ्नै सेयर मूल्य जोगाउन कदम चाल्न थालेका छन्। साउथ चाइना मर्निङ पोस्ट अनुसार, चीनका सूचीकृत कम्पनीहरूले हालै मात्र करिब २० अर्ब युआन (अन्दाजी २.७३ अर्ब डलर) बराबरको सेयर बाइब्याक योजना सार्वजनिक गरेका छन्। यस हप्ता मात्रै १०० भन्दा बढी चिनियाँ […]

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शुल्क युद्धले विश्वव्यापी सेयर बजारमा हलचल ल्याइरहेका बेला चिनियाँ कम्पनीहरूले आफ्नै सेयर मूल्य जोगाउन कदम चाल्न थालेका छन्। साउथ चाइना मर्निङ पोस्ट अनुसार, चीनका सूचीकृत कम्पनीहरूले हालै मात्र करिब २० अर्ब युआन (अन्दाजी २.७३ अर्ब डलर) बराबरको सेयर बाइब्याक योजना सार्वजनिक गरेका छन्।

यस हप्ता मात्रै १०० भन्दा बढी चिनियाँ कम्पनीहरूले सेयर बाइब्याक गर्ने घोषणा गरेका छन्। तीमध्ये चीनको सरकारी स्वामित्वमा रहेको पेट्रोचाइना र विश्वकै सबैभन्दा ठूलो उपकरण उत्पादक कम्पनी माइडिया ग्रुप पनि छन्। यस्तै, हङकङमा झन्डै ५ अर्ब डलरको आईपीओ ल्याउने तयारीमा रहेको इलेक्ट्रिक गाडीको ब्याट्री निर्माता सीएटीएल (Contemporary Amperex Technology) ले पनि आफ्ना सेयरहरूलाई समर्थन गर्न ८ अर्ब युआन छुट्याएको छ।

यी कम्पनीहरूले चीनको १३ ट्रिलियन अमेरिकी डलर बराबरको सार्वभौम सम्पत्ति कोषअन्तर्गत रहेका राज्यका विभिन्न लगानी कोषहरूसँग मिलेर आफ्नो सेयरको मूल्यमा गिरावट रोक्ने प्रयास गरिरहेका छन्। बाइब्याकमार्फत सेयरको मूल्य बढाइ घरेलु सेयर बजारमा आएको मन्दी नियन्त्रण गर्ने रणनीति अपनाइएको छ।

यसैबीच, चीनको केन्द्रीय बैंकले पनि सरकारले ल्याएको बाइब्याक योजनालाई सहयोग पुर्‍याउने भन्दै आफ्नो सम्पूर्ण वित्तीय स्रोत र पुनर्कर्जा सुविधा प्रयोग गर्ने घोषणा गरेको छ। चाइना चेङटोङ होल्डिङ्स ग्रुप र चाइना रिफर्म होल्डिङ्स कर्पोरेसनले स्टक खरिदका लागि राज्यको स्वामित्वमा रहेको १६.३ ट्रिलियन युआन बराबरको कोषबाट १०० अर्ब युआन छुट्याउने निर्णय गरेका छन्। यी बाइब्याक प्रयासहरूले बजारमा फैलिएको डर र अस्थिरता कम गर्न मद्दत पुग्ने विश्लेषकहरूको भनाइ छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In