ट्रम्पद्वारा युरोपेली वस्तुहरुमा ५० प्रतिशत भन्सार कर लगाउने चेतावनीप्रति युरोपेली संघको गम्भीर आपत्ति

ब्रसेल्स: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (EU) का वस्तुहरूमा ५० प्रतिशत भन्सार शुल्क लगाउने प्रस्ताव गरेपछि युरोपेली संघ र सदस्य राष्ट्रहरूमा गहिरो चिन्ता छाएको छ। उनीहरूले यस्तो कदमले द्विपक्षीय व्यापार सम्बन्धमा गम्भीर नकारात्मक असर पार्ने चेतावनी दिएका छन्। राष्ट्रपति ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत युरोपेली संघले व्यापारमा अमेरिकामाथि अनुचित लाभ उठाएको आरोप लगाउँदै सन् २०२५ […]

ब्रसेल्स: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (EU) का वस्तुहरूमा ५० प्रतिशत भन्सार शुल्क लगाउने प्रस्ताव गरेपछि युरोपेली संघ र सदस्य राष्ट्रहरूमा गहिरो चिन्ता छाएको छ। उनीहरूले यस्तो कदमले द्विपक्षीय व्यापार सम्बन्धमा गम्भीर नकारात्मक असर पार्ने चेतावनी दिएका छन्।

राष्ट्रपति ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत युरोपेली संघले व्यापारमा अमेरिकामाथि अनुचित लाभ उठाएको आरोप लगाउँदै सन् २०२५ को जुन १ देखि ५० प्रतिशत भन्सार कर लागू गर्ने सिफारिस गरिएको जानकारी दिएका थिए।

हालको अवस्थामा अमेरिका र युरोपेली संघबीचको व्यापार वार्ता निष्क्रिय अवस्थामा छ। अमेरिका युरोपेली बजारमा आफ्ना कम्पनीहरूका लागि बढी पहुँचको माग गरिरहेको छ भने युरोपेली संघले पारस्परिक हितमा आधारित सम्झौतामा जोड दिँदै आएको छ।

युरोपेली आयोगका व्यापार तथा आर्थिक सुरक्षासम्बन्धी आयुक्त मारोस सेफ्चोभिकले सामाजिक सञ्जालमा लेख्दै युरोपेली संघ आफ्ना स्वार्थ र हितको रक्षा गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन्। उनले भने, “व्यापार सम्बन्ध आपसी सम्मानमा आधारित हुनुपर्छ, धम्की र दबाबमा होइन। हामी पारस्परिक लाभ हुने समाधानको खोजीमा इमान्दार प्रयास गरिरहेका छौं।”

युरोपेली संसदको अन्तर्राष्ट्रिय व्यापार समितिका अध्यक्ष बन्र्ड लांगेले भने, “हामी चाँडै अमेरिकाको भ्रमणमा जाँदैछौं, जसबाट युरोपेली संघको व्यापार नीतिका सम्बन्धमा रहेका केही भ्रमहरू हटाउन सकिनेछ।” उनले थपे, “यदि राष्ट्रपति ट्रम्प संवाद र सहकार्य चाहनुहुन्छ भने युरोप तयार छ। तर यदि उहाँ केवल आफ्नै इच्छालाई थोप्रिन चाहनुहुन्छ भने त्यो उपयुक्त मार्ग हुनेछैन।”

आयरल्याण्डका प्रधानमन्त्री मिचेल मार्टिनले ट्रम्पको घोषणालाई ‘अत्यन्तै निराशाजनक’ भनेका छन्। उनले यस्तो निर्णयले विश्वकै प्रमुख व्यापारिक सम्बन्धलाई गम्भीर क्षति पुर्याउने र अन्तर्राष्ट्रिय बजारमा अस्थिरता निम्त्याउने चेतावनी दिए।

फ्रान्सका वैदेशिक व्यापार सम्बन्धी राज्यमन्त्री लोरेन्ट सैंट–मार्टिनले पनि ट्रम्पको चेतावनी हालको संवेदनशील वार्ता चरणमा सहायक नहुने बताएका छन्। उनले युरोपेली संघ द्वन्द्व बढाउने पक्षमा नरहेको स्पष्ट पार्दै, आवश्यक परे उपयुक्त प्रतिकारात्मक कदम चालिने बताएका छन्।

जर्मनीकी अर्थ तथा उर्जा मन्त्री काथरिना राइखले भने, “भन्सार करको विवादबाट कसैको पनि जीत हुँदैन। यसले अमेरिका र युरोप दुवैलाई समान रूपमा नोक्सान पुर्याउनेछ।”

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In